” देश ठग्नेलाई कारबाही गरेरै छाड्छु ” : मन्त्री आले

Machchapuchchre

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देश ठग्नेहरुलाई एक साता भित्रमा कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले आजसम्म आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए । मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताए । उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भए पनि आफ्नो मनमा कुनै पाप नभएको उनले दाबी गरे । आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भए पनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले दाब गरे । मन्त्री आलेले आफू जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भए पनि आत्मा पवित्र रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्