बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको हो । मंगलबार सभापति बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो । आज सभापतिको उपस्थितिमा उक्त विषयमाथि थप छलफल हुन लागेको प्रवक्ता प्रकाशशरण महतले  जानकारी दिए । उनले भने, ‘हिजोको छलफलमा सभापतिज्यू सहभागी हुनुहुन्थेन । हिजो छलफल भएका विषयको जानकारी गराउन २ बजे हामी बालुवाटार जाँदैछ । त्यसमा थप छलफल हुन्छ ।’ काँग्रेस म्याद सिकाएका भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन उन्मुख गराउने तयारी छ । त्यसका लागि नयाँ कमिटी ल्याउने कि वर्तमान कमिटीलाई अधिवेशन गराउने गरि समय थप्ने भन्नेमा छलफल भइरहेको छ । यस्तै अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुनभित्र अधिवेशन गराउने काँग्रेसको तयारी छ । यता स्थानीय निर्वाचनको तयारीका लागि पार्टी पंक्ति परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको महतले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्