अर्थ राजनीति ~ स्थानीय तह निर्वाचनको मिति तय भए बढ्ने भनिएको बजार मिति तोकिए लगत्तै घट्न थालेको छ। बजार नबढ्ने लक्षण देखिएपछि लगानीकर्ता नाफा सुरक्षित गर्न हतारमा देखिएका छन् । ‘प्रोफिट बुकिङ’ हुँदा दोहोरो अंकको गिरावट देखिएको मंगलबारको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ। नेप्से परिसूचक २८ अंक घटेर २८०७ को विन्दुमा छ। कारोबार पनि डेढ अर्ब रुपैयाँभन्दा अधिक भएको छ। हालसम्म २९ लाख कित्ता सेयर खरिद बिक्री भइसकेका छन्। अधिकांश उपसमूह पनि नेप्सेसँगै ओरालो लागेका छन्। सर्वाधिक गिरावट लगानी उपसमूहमा देखिएको छ। उपसमूह १.७६ प्रतिशत घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह भने करिब १० अंक उक्लिएको छ। कारोबार रकम आधारमा अरुण भ्याली बुधबार पनि शीर्ष स्थानमा छ। हाइड्रोको १० करोड रुपैयाँभन्दा अधिकको कारोबार भएको छ। निफ्राको पनि ७ करोड रुपैयाँभन्दा धेरै र नेशनल हाइड्रोको ६ करोड रुपैयाँभन्दा बढी सेयर किनबेच भएको छ। बुधबार मध्यान्हसम्म मूल्यमा सबैभन्दा बढी गिरावट देखिएको सेयर बुद्ध भूमि नेपाल हाइड्रो हो। हाइड्रोको मूल्य करिब ७ प्रतिशत घटेको छ। सप्तकोशी डेभलपमेन्ट र न्यादी हाइड्रोपावरको मूल्य पनि साढे ३ प्रतिशत घटेको छ।
लगातार घटिरहेको बजारमा लगानीकर्ता ‘प्रोफिट बुक’ को मुडमा देखिए !
