अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता नै हुने बताएका छन् । मंगलबार बालुवाटारमा कांग्रेस बागमती प्रदेश समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन एकै चरणमा जेठ पहिलो साता हुने बताएका हुन् । देउवाले बागमती प्रदेश समितिका पदाधिकारीहरूलाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिएका छन् । भेटपछि बागमती प्रदेश सभापति इन्द्र बानियाँले स्थानीय तहको निर्वाचन समयमै हुने जानकारी प्रधानमन्त्री देउवाले दिएको बताए । ‘सभापति तथा प्रधानमन्त्री देउवाज्यूले स्थानीय निर्वाचन जेठ पहिलो हप्ताभन्दा उता जाँदैन भन्नुभएको छ,’उनले भने, ‘एकै चरणमा देशभर निर्वाचन हुने र त्यसका लागि तयारीमा लाग्न निर्देशन दिनुभयो ।’सभापति बानियाँले प्रधानमन्त्री देउवासँगको भेटमा निर्वाचनको तयारीका विषयमा छलफल भएको जानकारी दिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति