अर्थ राजनीति ~ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने पक्षमा रहे पनि जबरजस्ती गर्ने पक्षमा नरहेको बताएका छन्। नेता खनालले एमसिसीबारे थप अध्ययन नगरी निष्कर्ष पुग्न नसकिने बताए। खनाल सत्तारूढ गठबन्धनबाट एमसिसी अध्ययन गर्न गठित कार्यदलका संयोजक समेत हुन्। कार्यदलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सदस्य छन्। खनाल तत्कालीन नेकपाद्वारा गठित एमसिसी अध्ययन कार्यदलमा समेत संयोजक थिए। उक्त कार्यदलमा भीम रावल र तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य थिए। एमसिसी सम्झौताको पछिल्लो अध्ययनबाट के निष्कर्ष निकाल्नुभयो,अब के अध्ययन गर्न बाँकी छ, एमसिसीलाई लिएर गठबन्धनमा विवाद उत्पन्न भएकोलगायत विषयमा खनाल भन्छन् : हामीले जे-जति अध्ययन गर्यौं, त्यसबाट हामीलाई लागेका कुरा हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेका छौं। हाम्रो कुरो पनि बुझाइसकेका छौं। अब हामी नयाँ कुनै दस्तावेज बनाउने, प्रतिवेदन बनाउने दिशातर्फ लागेनौं। हामीले भन्नुपर्ने कुरा हामीले अध्ययनमा देखेको कुरा र हामीलाई लागेको कुरा आफ्नो ढंगले राखिसकेका छौं। हाम्रो काम सम्पादन भइसकेको छ। प्रधानमन्त्री एमसिसी पारित गर्नुपर्छ भन्ने पक्षमै हुनुहुन्छ। अहिले पाँच दलीय सरकार छ। प्रधानमन्त्रीको पार्टीको सरकार मात्र पनि छैन। पाँचै दलको एकता र सहमतिबिना कुनै पनि कुरा अगाडि बढ्न सक्दैन। एमसिसी पनि अघि बढ्न सक्दैन। त्यसो हुनाले पाँच दलकै बीचमा सहमति हुन बाँकी छ। हाम्रा बीचमा कयौं कुरामा भिन्नता छन्। ती भिन्नताबीच हामी अगाडि बढिरहेका छौं। ती भिन्नताहरू तत्कालै पलेँटी कसेर बहस गरेर मात्र समाधान हुने स्थिति म देख्दिन। समय लाग्छ, हाम्रो बीचमै सहमति नहुन पनि सक्छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति