अर्थ राजनीति ~ जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको उजुरी दर्ता भएको छ ।कोरोना संक्रमित हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सहभागी भएर संक्रामक रोग ऐन उल्लंघन गरेको दाबी गर्दै ओलीविरुद्ध उजुरी परेको हो । उक्त उजुरी सोमबार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको युथ कांग्रेसका विनोद देउवा ठकुरीले जानकारी दिए । उजुरीमा संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेको भन्दै ओलीविरुद्ध कारबाहीको माग गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार कसूर पुष्टि भएको अवस्थामा ओलीमाथि एक महिना जेल सजाय र एक सय रुपैयाँ जरिवाना हुनसक्छ । उनले भने, ‘यो सचेतना फैलाउने ऐन हो । अब प्रशासनको तर्फबाट के गर्ने भनेर छलफल हुन्छ,’ उनले भने, ‘उजुरी गर्नेले कुन नियतले गर्यो । अनि ओलीका तर्फबाट पनि उल्लंघन नभएको भन्न सकिन्न । अनुसन्धान गरेर निर्णय हुन्छ ।’ संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा १ मा यो ऐन अन्तर्गत दिइएको आदेश पालना नगर्नेमाथि एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।कोरोनाको तेस्रो लहर आएसँगै सरकारले संक्रामक रोगअनुसार आदेश जारी गर्दै २५ जनाभन्दा धेरै व्यक्ति भेला हुन नपाइने व्यवस्था गरेको छ । र संक्रमित व्यक्ति कम्तिमा ७ दिन आइसोलेसनमा बस्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड छ । ओली दम्पतीलाई ९ माघमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति