अर्थ राजनीति ~ पछिल्ला केही दिन यता नेपालमा कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो सातामा संक्रमण दर ५.६ प्रतिशतले घटेको छ। अघिल्लो साता नेपालमा गरिएको १ लाख १६ हजार ६ सय १३ पिसीआर परीक्षणमा ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। यो साता गरिएको १ लाख १ ह जार ३११ परीक्षणमा ४२ हजार ५ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। अर्थात यो साताको संक्रमणदर ४२ प्रतिशत छ। जुन अघिल्लो साताको भन्दा ५.६ प्रतिशतले कमि हो। यता गत साता गरिएको ३२ हजार ९ सय ९६ एन्टिजेन परीक्षणमा ११ हजार ८०० जनामा संक्रमण पुष्टि भएको थियो। यो साता २०.७ प्रतिशतले एन्टिजेन परीक्षण वृद्धि गरेर ३९ हजार ८३४ जनाको परीक्षण गरिएको थियो। जसमा १४ हजार ३ सय ९५ अर्थात ३६.१ संक्रमण दर रहेको मन्त्रालयले जनाएको छ। गत माघ ६ गते २७ हजार ४ सय ९७ को परीक्षण गर्दा नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भए यताकै सबैभन्दा धेरै १२ हजार ३ सय ३८ जनामा पुष्टि भएको थियो। मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा माघ ६ गतेदेखि कोरोना सङ्क्रमितको ग्राफ ओरालो लागेको देखिन्छ। माघ १२ गते अर्थात् बुधबार कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ४५४ थियो। बुधबार २० हजार ३ सय ५९ जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै बिहीबार २१ हजार ८ सय ८ परीक्षणमा ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शुक्रबार १९ हजार ८ सय ६९ जनाको परीक्षणमा सङ्क्रमितको सङ्ख्या घटेर ६ हजार ८ सय २७ पुग्यो। क्रमशः १५ गते १४ हजार ५ सय ६२ परीक्षणमा ४ हजार ९ सय ४ र १६ गते १३ हजार १ सय ४५ परीक्षणमा सङ्क्रमितको सङ्ख्या घटेर ३ हजार ५ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ। पछिल्लो साता कोरोना सङ्क्रमित दर घट्दै गए पनि मृत्युदर स्थिर जस्तै छ । गएको २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ। एक साता यताको मृत्यु दर हेर्दा माघ १० गते ४ जनाको मृत्यु भयो भने ११ गते ८ जना १२ गते ५, १३ गते १५, १४ गते १० र १५ गते ६ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति