अर्थ राजनीति ~ देशभरिका ७५३ स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगलाई मात्रै घटीमा ११ अर्ब र बढीमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । यति रकम खर्च भएमा आउँदो स्थानीय चुनाव नेपालको निर्वाचन इतिहासकै महँगो चुनाव हुनेछ । अनुमान गरिएको यो खर्च निर्वाचन आयोगले गर्ने कामका लागि मात्र हो । सुरक्षा प्रयोजनमा आयोगको भन्दा दोब्बर खर्च लाग्ने गरेको विगतको इतिहास छ । आयोगका पदाधिकारीका अनुसार सुरक्षा परिचालनमा २५ अर्ब रुपैयाँ जति खर्च लाग्न सक्छ । निर्वाचन आयोगले २०७४ सालमा स्थानीय तहको चुनाव गराउँदा ८ अर्ब ११ करोड र संघ/प्रदेशको चुनाव गराउँदा आयोगले ८ अर्ब २० करोड रुपैयाँ खर्च भएको जानकारी दिएको थियो । यस हिसाबले अघिल्लो स्थानीय तह चुनावभन्दा आगामी चुनावमा आयोगले मात्रै झण्डै तीन अर्ब रुपैयाँ बढी खर्च गर्ने देखिएको छ । अघिल्लो चुनावभन्दा आगामी चुनाव कम्तीमा ३० प्रतिशत महँगो हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । एक हजार मतदाताका लागि एउटा मतदान केन्द्र आवश्यक पर्ने मापदण्ड आयोगले बनाएको छ । २०७४ को निर्वाचनयता २० लाख मतदाता थपिएका छन् । यस हिसाबले आगामी चुनावमा दुई हजार मतदान केन्द्र थपिनेछन् । आयोगले हरेक मतदान केन्द्रमा एक मतदान अधिकृत र आठदेखि १० जना कर्मचारी खटाउँछ । जिल्ला र प्रदेश तहका संरचनामा पनि आयोगले चुनावका बेला निकै खर्च गर्ने गर्छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति