अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका भूमिका उल्लेखनीय रहेको बताएका हुन् । मुलुकका हरेक परिवर्तनहरुमा सञ्चारक्षेत्रको विशेष भूमिका हुने भन्दै प्रचण्डले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताएका छन् । आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विस्वस्त रहेको उनले बताएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति