अर्थ राजनीति ~ सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो। यसअघि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। सो बैठकबाट शुक्रबार बालुवाटारमा गठबन्धनको बैठक बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने विषयमा पनि छलफल भएको थियो । स्थानीय तहको चुनाव पर सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न प्रचण्डले राखेको प्रस्तावबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । स्थानीय तहको चुनावभन्दा पहिले प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्तावलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । आजको बैठकबाट स्थानीय चुनाव लगायतका चुनावबारे निर्णय हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति