अर्थ राजनीति ~ शुक्रबार बिहानैदेखिका हवाई उडान मौसमी प्रतिकूलताका कारण प्रभावित भएका छन्। आज बिहान भिजिबिलिटी नै नील भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दर्जनौं उडान होल्डमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। अन्य अन्तर्राष्ट्रिय तथा जजिराको दुईवटा जहाज उडानका लागि होल्डमा रहेका सबै मौसम सुधार भएसँगै उडान पुनः सुरु हुनेछ,’ कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन्। अन्तर्राष्ट्रिय र आन्तरिक गरी कुल तीन सय ८० वटा उडान-अवतरण तालिका छ। उनका अनुसार, शुक्रबार अन्तर्राष्ट्रियतर्फ ६० वटा उडान अवतरणको तालिका छ भने आन्तरिकतर्फ ३ सय २० वटा उडान अवतरणको तालिका छ। आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, तारा, समिट र अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, जजिरा, टर्किस, सिंगापुर, एयर अरेबिया, एयर इन्डिया लगायत विभिन्न वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।
मौसमी प्रतिकूलताका कारण बिहानैदेखिको उडान-अवतरण ठप्प, ३ सय ८० उडान प्रभावित
