” चाँडोभन्दा चाँडो मेलम्चीको पानी ल्याएर भट्टराईको सपना पूरा गर्छु ” : खानेपानी मन्त्री चौधरी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पूरा गर्नका लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौं विभागीय अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, “पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु ।”मन्त्री चौधरीले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको भन्दै कांग्रेसको सरकारको पालामा काम हुने तर हतारमा विगतका सरकारले उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसंगति नै फैल्याएको बताए । कर्मचारीको सहयोगमा काठमाडौंबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै मन्त्री चौधरीले आफूहरूले बनाएको नियम, कानुन र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए । कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हक, हित, सुविधा र वृत्ति विकासका लागि उठाएका माग पूरा गराउन मन्त्रालय तयार रहेको बताए । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रकृया र मापदण्ड पु¥याएर स्थायी गर्न माग गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्