अर्थ राजनीति ~ यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस १० गतेको समय सीमाभित्र १२ दलले दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दलले सातै प्रदेशमा सहभागी हुने भन्दै दल दर्ता गरेका छन् । यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेमकिपाले बाग्मती प्रदेश र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र सहभागी हुने गरी दल दर्ता गराएका छन् । आयोगले राष्ट्रिय सभा निर्वाचनको लगि ८ मतदान स्थलमा १४ मतदान केन्द्र तोकेको छ । ती मतदान केन्द्र र स्थलहरूमा २ हजार २५ जना मतदाताले मतदान गर्नेछन् । राष्ट्रिय सभाको १९ सदस्यको पदावधि यही फागुन २० गते सकिंदैछ । आयोगका अनुसार एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि सकिन लागेको हो । राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति