सभापतिमा देउवासँग पराजित डा. कोइराला २० नम्बरमा

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ। सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन्। विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्। पार्टी सदस्यता लिएको आधारमा उनीहरूलाई वरियतामा राखिएको हो। उनीहरूलाई केन्द्रीय समितिमा देउवाले मनोनित गर्न नै बाँकी छ। त्यसपछिको वरियतामा पदाधिकारीहरू छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्। त्यसपछि अन्य दुई नेतापछि मात्रै २० नम्बरमा शेखर कोइरालालाई राखिएको छ। अहिलेका निर्वाचित पदाधिकारी र पूर्वपदाधिकारीपछि उनको नाम राखिएको हो। केन्द्रीय सदस्यको पहिलो नाम उनको नामबाटै सुरू हुन्छ। देउवासँग कोइराला सभापतिमा पराजित भएका थिए। सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वत: केन्द्रीय सदस्य हुने प्रावधान छ। वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठक र प्रमाण-पत्र वितरण समारोहमा सहभागी नभएको बताइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्