अर्थ राजनीति ~ नेपाल बैंकर्स संघले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्नेमा जोड दिएको छ । संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणलीबाटै ल्याउने नीति सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने उहाँको भनाइ छ । अध्यक्ष उपाध्यायले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको पनि स्पष्ट पार्नुभयो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरूले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्ने बताउनुभयो । अध्यक्ष पोखरेले बैंकहरूले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताउनुभयो । राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्र तोकिदिनुपर्ने उहाँको भनाइ छ । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरूमा तरलता बढी हुँदा गुणस्तरीय कर्जा नराम्रो हुने गरेको बताउनुभयो । उहाँले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पुँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताउनुभयो । अध्यक्ष तुलाधरले बजारमा रहेको तरलता व्यवस्थापन गर्न विदेशबाट आउने रेमिटेन्सलाई बैकिङ खाताबाट मार्फत पठाउने व्यवस्था लागू गर्नु जरुरी रहेको धारणा राख्नुभयो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति