डा. शेखर हरे , तर स्थापित भए

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली राजनीतिमा नयाँ अनुहारको बहस चलिरहेका बेला नेपाली कांग्रेसको नेतृत्वमा फेरि पुरानै अनुहार दोहोरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई फेरि सभापतिको पद सुम्पेको छ । दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई पराजित गर्दे देउवा फेरि सभापति बनेका हुन् । पहिलो चरणमा भएको मतदानमा सभापतिमा उम्मेदवारी दिएका कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणमा एक्लै चुनावी मैदानमा भिडेका कोइरालाले देउवालाई समर्थन गरेका विमलेन्द्र निधि र प्रकाशमान सिंहको १५३ मत मत तानेका छन् । सभापति पदमा हारेपनि पनि डा. शेखर कांग्रेसमा स्थापित नेताका रुपमा उदाएका छन् । अब डा. शेखर पार्टीभित्र विपक्षी नेता बनेका छन् । कांग्रेस नेता तथा कार्यकर्ताले जुन रुपमा उनलाई मत दिएका छन् । त्यसलाई उनले पार्टीमा मुखरित गर्नुपर्नेछ । उनले पार्टीमा हारे पनि जिते पनि पार्टी संगठन बलियो बनाउनमा सधैं लागि पर्ने बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्