अर्थमन्त्री शर्मा द्वारा तरलता समस्यामा निजीक्षेत्रको सुझाव माग

Machchapuchchre Bank

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले तरलताको अभाव समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा उनले बजारलाई जिम्मा दिने वा नियामकीय निकाय नेपाल राष्ट्र बैंकका टुल प्रयोग गरे समाधान हुने बताए। पुँजीगत खर्च कम भएकाले संकलित राजस्व थन्किएर बसेको उनले स्वीकारे। बजेट संसदबाट पारित गर्नै २-३ महिना लागेकाले समयमै खर्चको भुक्तानी हुन नसकेको उनको जिकिर थियो। तरलता समस्या समाधान गर्न उनले निजी क्षेत्रलाई आवश्यक सुझाव दिन पनि आग्रह गरे। यस्तै, उनले विद्युत् बेच्ने भन्दा पनि खपत प्राथमिकतामा हुनुपर्नेमा जोड दिए। ‘विद्युत बेचेर फाइदा हुँदैन, विद्युत खपत हाम्रो प्राथमिकता हुनुपर्छ,’ अर्थमन्त्री शर्माले भने। उत्पादनमुखी उद्योगहरुलाई सस्तो दरमा विद्युत उपलब्ध गराउन सके खेर जाने विद्युत व्यवस्थापन गर्न सकिने उनले बताए। त्यसैगरी, गैरआवासीय नेपालीहरूलाई नेपालमा डलर खातामा निक्षेप संकलनदेखि फिर्ता लैजान सकिने व्यवस्थालाई थप मार्केटिङ आवश्यक रहेको उनले बताए। ‘यसले पनि देशमा पुँजी ल्याउन सहयोग पुग्छ,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्