दोस्रो कार्यकाल : शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभाति शेरबहादुर देउवा विजयी भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानबाट देउवा पुन सभापतिमा निर्वाचित भएका हुन्। मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर भने यनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले १८५५ मत ल्याएका थिए । दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारको ५१ प्रतिशत मत नआएकाले दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनमा देउवा र कोइरालासहित पाँच जना सभापतिका उम्मेदावर थिए ।

यस्तै, नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाटै सुरु हुने भएको छ ।सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थाल्ने जानकारी दिनुभयो । गत सोमबार भएको मतदानपछि मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । मत गणना सानेपामै गर्ने तयारी छ । पहिले महामन्त्रीलगायत पदाधिकारीको गणना हुने र त्यसपछि सदस्यहरुको मत गणना हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्