एमाले कार्यविभाजन : ओली र पोखरेललाई पार्टी, पृथ्वीसुब्बालाई प्रचार विभाग

Machchapuchchre

अर्थ राजनीति  ~ भर्खरै १०औ राष्ट्रिय महाधिवेसन सकेको नेकपा (एमाले) ले पदाधिकारीको कार्यविभाजन गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन हेरफेर गरेको हो। केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको गरेको बैठकले नेताहरूको कार्य विभाजनसमेत गरेको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी तोकिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।  एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो । यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख थिए। उनलाई अहिले  स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्