अर्थ राजनीति ~ काठमाडौं शहरको एउटा विशेषता नै बनिसकेको छ, जताततै अव्यवस्थित फोहोरको डङ्गुर देखिनु । तर, शहरी विकास मन्त्रालयको जिम्मेवारीमा युवा नेतृ रामकुमारी झाँक्रीको प्रवेश भएपछि भने शहरका फोहोर विस्तारै व्यवस्थित हुन थालेका छन् । जसका लागि मन्त्री झाँक्री आफै पार्कहरूमा पुगेर निरीक्षण गर्ने र विभिन्न विभागहरूलाई तत्काल कामको सुचारू गर्ने निर्देशनसमेत दिन थाल्नुभएको छ । जसले गर्दा युएन बागमती करिडोरको सफाई पनि सुरू भएको छ । निर्देशन दिने क्रममा मन्त्री झाँक्रीले भन्नुभएको छ, “शहर सफा राख्नु हामी सबैको दायित्व हो, तसर्थ सबै एकजुट भएर शहरलाई सुन्दर बनाउने कार्यमा लागौं ।”केही हप्ताअघि मन्त्री झाँक्री स्वयम् उक्त स्थानमा पुगेर अनुगमन गरी कामको निर्देशन गर्नुभएको थियो । सोही निर्देशन बमोजिम अहिले सरसफाईको काम प्रभावकारी ढङ्गबाट अघि बढिरहेको छ । जताततै फोहारको डङ्गुर भएर कुरूप देखिएको युएन पार्कको मुहार फेरिन थालेको छ भने बागमती करिडोर आसपासका क्षेत्रमा रहेका फोहोर पनि हट्न थालेका छन् । सहरको वास्तविक पहिचान भनेकै सफाई र स्वच्छता भएको हुनाले उपत्यकामा देखिएका फोहोर तत्काल हटाएर सुन्दर शहर निर्माण गर्ने पनि मन्त्री झाँक्रीको प्रतिबद्धता छ । साथै उहाँले कर्मचारीहरूलाई आफ्नो काम समयमा सम्पन्न गर्न पनि निर्देशन दिइरहनुभएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति