अर्थ राजनीति ~ कर्णाली प्रदेशमा सरकार विस्तार र मन्त्री छनोट लगायतको विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठक अहिले ११ बजेपछि बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए । प्रमुख सत्ता साझेदार दल भएकाले पनि माओवादी केन्द्रले सरकार विस्तारको बारेमा बृहत छलफल गर्नुपर्ने देखिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई हप्ताबढी भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । त्यसको ‘इफेक्ट’ माओवादी दललाई पनि परेको देखिन्छ । कतिपयले माओवादी केन्द्र र नेतृत्वमा रहेको काँग्रेसबीच खटपट भएको भनेर पनि टिप्पणी गरिरहेका छन् । आजको संसदीय बैठक त्यहीको पेरिफेरीमा रहेर बस्न थालेको विष्टले बताए । संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी रणनीतिका बारेमा जानकारी दिनेछन् । साथै माओवादी केन्द्रले आजको बैठकबाट सरकारमा आफ्नो दलबाट कति मन्त्री पठाउने भन्ने बारेमा पनि छलफल गर्नेछ भने निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति