नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आसन्न १४ औं महाभिवेशनबारे छलफल गर्न आज दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आजको केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ । महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अधिकांश भातृ संस्थाको लामो समयदेखि अधिवेशन नभएकोले प्रतिनिधित्व गर्न नहुने बताइरहेको छ । कांग्रेसले १३ हिमाली जिल्लामा भने जिल्ला अधिवेशन गरिसकेको छ । अरू हिमाली जिल्लामा पनि मंसिर ६ भित्र जिल्ला अधिवेशन भइसक्ने कांग्रेसले जनाएको छ । यस्तै मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि आज केन्द्रीय समितिमा पेश गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्