अर्थ राजनीति ~ गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरेर ऋण प्रवाह भएपछि जग्गाको मूल्यांकन गर्ने पक्राउ परेका छन्। त्यसैकै बिरोधमा नेपाल भ्यालुयर्स एसोसिएसनले विज्ञप्ति निकाल्दै आन्दोलनको चेतावनी दिएको छ। डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातहरुका आधारमा मूल्याङ्कन गरिएको र मालपोत कार्यलयबाट समेत कृते दृष्टिबन्धक एवं रोक्का जस्ता कार्य समेत सम्पन्न भएको अवस्थामा इन्जिनियर राजेश कुमार चौरसियालाई पक्राउ गरिएको भन्दै बिरोध जनाएका हुन्। उनीहरुले देशैभर सम्पूर्ण बैंक तथा वित्तिय संस्थामा मूल्याङकन कार्य नगर्न नगराउने निर्णय गरेका छन्। आगामी दिनमा आन्दोलनलाई ससक्त र प्रभावकारी बनाउन थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै लैजाने पनि निर्णय गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका केही कर्मचारी, भ्यालुयटर चौरासियालाई पक्राउ गरेको छ। किर्ते गरेर १९ करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति