अर्थ राजनीति ~ जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको बताएका हुन् । भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘ मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्ध पूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’ आइतबार काठमाडौँमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए : बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जाने भिसा पाउँदैन थियौँ । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला, के जादु होला त्यसमा ?
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति