प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास, न्यायाधीशहरूको बहिस्कार जारी

Machchapuchchre
अर्थ राजनीति  ~  सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् । यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा पेसी राखिएको छ। जसमा १७२ वटा मुद्दा छन् । न्यायाधीशहरू भने केहि दिनदेखि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्