अर्थ राजनीति ~ पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन् । बुधवार पत्रकार संग पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने बताएका हुन् । उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए । प्रधानन्यायाधीश निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने उनको भनाइ छ । उनले प्रधानन्यायाधीश आफ्नो आचारसंहिताभित्र बस्नुपर्ने बताए । पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीश राणाले स्वतन्त्र न्यायालयका मूल्य मान्यता र नैतिकताबारे सोच्नुपर्ने बताए । उनले प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उसले गरेका गल्तीहरु वस्तुनिष्ट भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति