अर्थ राजनीति ~ एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका कारण चुनाव जितेको दावी गरेका छन् । आइतबार झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताए । उनले प्रचण्ड र माधव नेपाललाई अव चुनाव जितेर देखाउन चुनौती समेत दिए । ‘प्रचण्डले अब जितेर देखाउन् त, माधव नेपालले जितेर देखाउन् त ?’ओलीको भनाइ छ । उनले एमालेबाट गएका अरु नेता कार्यकर्ता फर्किए स्थान दिने भन्दै माधव नेपाललाई अव एमालेले कुनै स्थान दिन नसकिने बताए । ‘माधव नेपाललाई अब एमालेले कुनै स्थान दिँदैन, उनी कम्युनिस्ट आन्दोलन विरोधी हुन्, गद्दार हुन्’, ओलीको आरोप छ । अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरुलाई खराव काम गर्नेहरुको संज्ञा दिँदै बुझीबुझी एमालेको इर्श्याका कारण देशलाई नै समाप्त पार्ने प्रयासमा लागेको बताए । ‘प्रतिकृयावादीसँग साँठगाँठ गरिरहेका छन्, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकारले केही गर्न नसक्ने दावी गरे । ‘तीन महिनामा २५ जना मन्त्री भए एउटा मन्त्री तीन दिनमै फुस्किए । प्रधानमन्त्री वातावरणसम्बन्धी वेलायत जाँदै हुनुहुन्छ तर राजदूत फिर्ता बोलाएका छन्,अरु कारण छैन । एमालेले नियुक्त गरेका कारण राजदूत फिर्ता गरेका हुन्’, ओलीको भनाइ छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति