ताप्लेजुङका ७ पालिकामा कांग्रेसकाे नेतृत्व छानियाे, दुईमा बाँकी

Machchapuchchre

अर्थ राजनीति ~  नेपाली कांग्रेसले ताप्लेजुङका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहको पालिका अधिवेशनसँगै नेतृत्व चयन गरेको छ । शनिबारबाट सुरु भएको फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाको अधिवेशनको प्रकृया सकिएको छैन भने नेतृत्व चयन हुनसमेत बाँकी छ । जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले फुङ्लिङ र सिदिङवामा आइतबार नेतृत्व चयन हुन जानकारी दिए । नेतृत्व चयन भएका ७ मध्ये ४ स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन भएको कांग्रेसले जनाएको छ । आठराई त्रिबेणी गाउँपालिकामा गाउँपालिका अध्यक्षसमेत रहेका विश्वनाथ सिटौला सभापति रहेको समिति बनेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा भद्रकुमार बोखिम सभापतिमा चयन भएका छन् भने मैवाखोला गाउँपालिमामा खगेन्द्र थत्लुङ लिम्बूको नेतृत्वमा पालिका समिति चयन भएको छ । दुई आकांक्षी देवी कार्की र गणेश खिम्दिङबीच सहमति नभएपछि पाथिभरा याङ्वरक गाउँपालिमा भने कांग्रेसले राम थेबेलाई सभापति चयन गर्दै नेतृत्व सर्वसम्मत बनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्