माओवादी स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय, पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा सरकार विस्तार, सांगठानिक विषय लगायतका विषयमा छलफल हुने बताइएकाे छ । माओवादी केन्द्रसमेतको समर्थनमा बनेको गठबन्धनको सरकारले दुई महिना बितिसक्दा पनि सरकार विस्तार गर्न सकेको छैन । यता, देउवाले माओवादीलगायत सरकारमा संलग्न अन्य दलहरुलाई मन्त्रीहरुको नामावली उपलब्ध गराउन भनिरहेका छन् । आजको बैठकमा मन्त्रिपरिषदमा को को समावेश हुने भन्नेबारे पनि छलफल हुने माओवादी स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्