कोभिड अपडेट : बिरामीको चाप बढ्दो, काठमाण्डूका अस्पतालको कस्तो छ तयारी ?

Machchapuchchre

अर्थ राजनीति  ~ नेपालमा विगत केही सातामा कोरोनाभाइरस सङ्क्रमण बढेसँगै अस्पतालहरूमा पनि चाप बढेको बताइएको छ। बढी जनसङ्ख्या रहेको तथा देशका विभिन्न भागबाट आवतजावत बढी हुने सङ्घीय राजधानी काठमाण्डूका सरकारी तथा निजी अस्पतालहरूमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरू आउने सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको जनाइएको छ। खास गरी सघन उपचार कक्ष (आईसीयू ) र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने मानिसहरूको सङ्ख्या बढ्दै गर्दा आफूहरूकहाँ त्यस्ता शय्या उपलब्ध नरहेको  अस्पतालहरूले जानकारी दिए। मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा कुल परीक्षणको १९.४ % मा  कोभिड-१९ पुष्टि भएको थियो। नेपालमा कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या १०,००० नाघिसकेको छ। सरकारी तथ्याङ्कअनुसार काठमाण्डू उपत्यकाका सरकारको स्वामित्व रहेका अस्पतालहरूमा जेनरल/एचडीयू शय्याको सङ्ख्या २,०६६ छ । त्यस्तै आईसीयूको सङ्ख्या ३११ र आईसीयू शय्यासँगै प्रयोग भएका भेन्टिलेटरको सङ्ख्या १३९ छ। सूचीकृत १२ अस्पतालमध्ये चार वटामा मात्रै २०० भन्दा बढी जेनरल/एचडीयू शय्या छन्। त्यस्तै दुई अस्पतालमा मात्रै ५० भन्दा बढी आईसीयू छन्।सबैभन्दा बढी धुलिखेल अस्पतालमा ६४ वटा आईसीयू शय्या छन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५१ वटा त्यस्ता शय्या छन्। सरकारले विगतमा निजी अस्पतालहरूसँग पनि सम्झौता गरेर सरकारीमा शय्या प्राप्त गर्न नसकेका सर्वसाधारणहरूलाई ती अस्पतालमा पठाउने गरेको थियो। तर कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेको बताइराखिएका बेला हाल त्यस्तो नयाँ सम्झौता भने भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी धुलिखेल अस्पतालमा ६४ वटा आईसीयू शय्या छन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५१ वटा त्यस्ता शय्या छन्। सरकारले विगतमा निजी अस्पतालहरूसँग पनि सम्झौता गरेर सरकारीमा शय्या प्राप्त गर्न नसकेका सर्वसाधारणहरूलाई ती अस्पतालमा पठाउने गरेको थियो। तर कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेको बताइराखिएका बेला हाल त्यस्तो नयाँ सम्झौता भने भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्