जसपाको महन्थ ठाकुर पक्षद्वारा आज जिल्ला स्तरीय कार्यकर्ता भेला

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । विभिन्न जिल्लामा कार्यकर्ता भेलालाई तिव्र पारेको ठाकुर पक्षले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा कार्यकर्ता भेला गर्न लागेको हो । भेलालाई सुनसरीमा डा. सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साहले सम्बोधन गर्नुहुनेछ । त्यसैगरी भने सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले सम्बोधन गर्ने छ भने रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंहले तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने भएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुर पक्ष देश दौडाहामा निस्किएको छ । उक्त पक्षले साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्