अर्थ राजनीति ~ जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादले निर्णायक मोड लिन थालेको छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुई तिर बाँडिएपछि अहिले समस्या छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको ठाकुर पक्षलाई यादव पक्षले कारवाही गरेको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई यादवले कारवाही गरेका हुन् । यता, ठाकुरले पनि यादवलाई कारवाही गरेका छन् । तर दुबै पक्षको कारवाहीलाई निर्बाचन आयोगले मान्यता दिएको छन् । यसैबीच पार्टी विभाजनका लागि बहुमत नपुग्ने भएपछि ठाकुरले अन्य रणनीति तय गरिरहेका छन् । पछिल्लो समय उनले कार्यकारिणी समितिमा बहुमत पुर्याउन एकलौटी रुपमा सदस्य थपेका छन् । ५१ सदस्य रहेको समितिमा यादव पक्षतर्फ बहुमत भएपछि ठाकुरले एकलौटी १६ जना थप गरेका हुन् । वर्तमान कार्यकारिणी समितिमा महन्थ ठाकुर अल्पमतमा छन्। पूर्व राजपाको तर्फबाट २६ जना र पूर्व समाजवादी पार्टीबाट २५ जना थिए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति