अर्थ राजनीति ~ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त गरेका छन् । नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि शुक्रवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका हुन् । उनले बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन् । बिहीबार अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति बाइडेनले बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देशका लागि ७० लाख खोप अनुदान दिने घोषणा गरेका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति