अर्थ राजनीति ~ सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाईका लागि संवैधानिक इजलास गठनमा विबाद देखिएपछि सर्वोच्चको फुलकोर्ट बस्न लागेको हो । यसअघि मंगलवार संवैधानिक इजलासका दुइजना न्यायाधीशले यही संरचनाको इजलासमा नबस्ने घोषणा गरेका थिए । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन गर्ने बताएका थिए । संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको छ । साथै बैठकमा कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति