बिहीवार युनियन हाइड्रोपावरको शेयर खरिदचाप सर्वाधिक देखियो

Machchapuchchre

अर्थ राजनीति  ~ बिहीवार खुलेको शेयर बजारमा सर्वाधिक शेयर खरिद चाप युनियन हाइड्रोपावर कम्पनीको शेयरमा रहेको छ । कारोबारको पौने एक घण्टाको अवधिसम्म कम्पनीको ३ लाख २९ हजार ५०० कित्ता शेयर खरिद माग रहेको छ । यो माग २२ ओटा अर्डरबाट प्राप्त भएको नेप्सेले जानकारी दिएको छ । यो दिन दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक शेयर खरिद माग रहेको छ । यस बैंकको ५४ ओटा अर्डरबाट २ लाख ९६ हजार ९०७ कित्ता शेयर खरिद माग भएको हो । निफ्राको विक्रीका लागि भने १ लाख १५ हजार ९१७ कित्ताको अर्डर रहेको छ भने युनियन हाइड्रोको २९ कित्ता शेयर विक्रीको आदेश रहेको छ । खरिद चाप उच्च भएका कारण युनियन हाइड्रोको शेयरमूल्यमा पनि ९ दशमलव ९३ प्रतिशत बृद्धि भएको छ । त्यस्तै निफ्राको शेयरमूल्य पनि यो अवधिसम्म २ दशमलव ८६ प्रतिशत बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्