लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

Machchapuchchre Bank

अर्थ राजनीति  ~  राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन् ।निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बिहान साढे नौ बजेसम्म मुख्यमन्त्री शंकर पोखरेलसहित ५८ जनाले मतदान गरेका छन् । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको र मतदान सकिएलगत्तै गणना शुरु हुने कुँवरले बताए । प्राविधिक समस्या नआए आजै मतपरिणाम सार्वजनिक हुने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्