लमजुङमा आइतबार र बिहीबार दुई घण्टामात्र बैंक खुल्ने

Machchapuchchre Bank

अर्थ राजनीति  ~   लमजुङमा अबदेखि हप्ताको दुई दिन आइतबार र बिहीबार दुई/दुई घण्टा मात्र बैंक खुल्ने भएको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनुका साथै सङ्क्रमण फैलिन थालेको भन्दै आगामी बिहीबारदेखि लागू हुने भएको हो ।विश्व महामारीका रूपमा फैलिरहेको नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण हालका दिनमा तीव्ररूपमा फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लमजुङमा हुनसक्ने सङ्क्रमणलाई रोक्न जिल्लामा दुई दिन आइतबार र बिहीबार दुई/दुई घण्टा मात्रै बैंक खोल्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । हालसम्म ५६७ कोरोना सङ्क्रमित रहेका छन् । त्यस्तै आठ जनाको मृत्यु भइसकेको बताइएको छ । निषेधाज्ञामा अनावश्यक हिँड्डुल गर्नेलाई यही सोमबारदेखि प्रहरीले नियत्रन्त्रमा लिँदै पहिलोपटक सम्झाइ बुझाइ छाडिदिने गरेको प्रजिअ शर्माले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्