प्रधानमन्त्री आफैले लिए ८ मन्त्रालयकाे जिम्मेवारी

Machchapuchchre

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले गैरसांसदकाे मन्त्री पद बर्खास्त गर्न निर्देशन दिएको ८ दिनपछि मन्त्रिपरिषदबाट ७ जना मन्त्रीको नाम हटाइएको छ । ६ जेठमा सर्वोच्च अदालतले सांसद नरहेका ७ मन्त्रीको नियुक्ति बदर गरेको थियाे । ८ जेठमा प्रधानमन्त्रीले संसद् विघटन गरे पनि सर्वोच्चको आदेशअनुसार ७ वटा मन्त्रीको नामावली मन्त्रीपरिषदबाट हटाइएको छ भने प्रधानमन्त्री केपी ओलीले प्रधामन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित ८ वटा मन्त्रालयको जिम्मेवारी लिएका छन् । प्रधानमन्त्रीले रक्षा ,गृह, ऊर्जा, जलस्रोत तथा सिँचाई, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि आफैँ लिएका हुन् । तर, विनाविभागीय मन्त्री इश्वर पोखरेललाई भने कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्