डा. बाबुराम : संविधान पुरै रित्याउने शक्तिको मतियार नबनौँ

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाका केही नेताहरुलाई लक्षित गर्दै संविधान पूरै खाली गर्ने शक्तिको मतियार नबन्न सुझाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले नेपालको संविधानलाई आधा भरी आधा खाली गिलाससँग तुलना गर्दै आफूहरु पूरै भर्न हिँडेको अवस्थामा पूरै खाली गर्ने शक्तिको मतियार नबन्न सुझाएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेको छन्-“जसपाका नेता साथीहरूको स्मरणार्थ:१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं;२.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन;३.हामी सबैका मित्र हौं कसैका दास हैनौं!”पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धन राजनीतिक र कानूनी लडाईँमा छ । तर, जसपामा भने अध्यक्ष उपेन्द्र यादव र नेता भट्टराई समूहमात्रै विपक्षी गठबन्धनमा सहभागी छ । अर्का पक्ष, अध्यक्ष महन्थ ठाकुर भने प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्