राजनीतिलाई गिज्याउँदै शेयर बजार

Machchapuchchre Bank

अर्थ राजनीति  ~  साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले शेयर बजार पनि प्रभावित हुन्छ कि भन्‍ने आम अनुमान र आशंका थियो। कतिपयले अब सेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए। सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए। तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित गर्दै बुलिस बाटोमा दौडिएको छ। आइतबार बजार खुल्न साथ सुरुमा ४५ अंकले ओरालो लागेको शेयर बजार एकछिनमै समालियो र हरियो मार्गतिर उन्मुख भयो। बजार अवधिभर गजबको उत्साह देखियो। नेप्से परिसूचकले अहिलेसम्मकै उच्च विन्दु चुमेर नयाँ रेकर्ड बनायो ।  नेप्से सूचक ३२.८१ अंकले बढेर २८२० विन्दुमा आइपुगेको थियो । यो अहिलेसम्मकै उच्च विन्दु हो। करिब ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । हिजो मात्र २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आइतबार विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको समूहमा उछाल देखिएको थियो ।  वाणिज्य बैंकहरूमा पनि विस्तारै उत्साह देखिन थालेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्