नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रघाती

Machchapuchchre Bank

अर्थ राजनीति  ~  मधेश केन्द्रित दलको मागअनुसार सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशमा जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । यस अघिसम्म जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । सरकारले सो व्यवस्थालाई संशोधन गरेर अध्यादेश जारी गरेपछि असन्तुष्टिको स्वर सुनिंदै आएको छ । नागरिकता सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा पनि सांसदहरु यसको पक्ष र विपक्षमा विभाजित भएर छलफल गरेका थिए । अहिले जारी गरिएको नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रघाती रहेको र यस अनुसार  विदेशीहरुले सजिलै नेपाली नागरिकता पाउने भन्दै त्यसलाई फिर्ता लिनुपर्ने माग भएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्