अर्थ राजनीति ~ स्वीटजरल्याण्डले नेपाललाई ठूलो मात्रामा स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । ती स्वास्थ्य सामग्रीहरु लिएर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लर शनिबार काठमाडौं आइपुग्नेछिन् । स्वीटजरल्याण्डले नेपाललाई दिन लागेको सामग्रीको सूचीमा भेन्टिलेटर, अक्सिजन कन्सन्टेटरका साथै ठूलो मात्रामा एन्टीजेन परीक्षण किट र पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु रहेको बुझिएको छ । स्पेनबाट आएको स्वास्थ्य सामग्रीभन्दा पाँच गुणा बढी सहयोग स्वीटजरल्याण्डले पठाइरहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । स्रोतका अनुसार शनिबार बिहान स्वीस राजदूत क्याप्लरले त्रिभुवन विमानस्थलबाटै ती सामग्रीहरु स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गत वर्षको मे महिनामा पनि स्वीस राजदूत क्याप्लरले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पीपीई र किट लगायतमा सामग्री हस्ताक्षर गरेकी थिइन् ।