अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न सहमत भएका छन् । प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष बिच बसेको बैठकले कार्यदलका सदस्यको टुंगो लगाउने सहमति भएको छ। मधेशवादी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग उठाउदै आएका छन् । साथै नता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्यका लागि तयार भएका छन्२१ जना सांसदको समर्थनमा ठाकुर ओलीसँग सत्ता सहकार्य गर्न तयार भएका हुन् । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सत्तामा जाने भन्ने कुरामा लगभग सहमति भएको जसपाका एक सांसदले बताए।
संविधान संशोधन गर्न प्रधानमन्त्री ओली भए सहमत
