नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिअन्ट देखियो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको मङ्गलवार पुष्टि भएसँगै त्यो भाइरसको प्रकृतिबारे मानिसहरूले चिन्ता र चासो व्यक्त गर्न थालेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जीन सिक्वन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो।हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई “भेरिअन्ट अफ ग्लोबल कन्सर्न” भनेर वर्गीकरण गरेको थियो। अर्थात् उसका अनुसार यो प्रकारको कोरोनाभाइरस चिन्ताको विषय हो। अरू भेरिअन्टको तुलनामा बी.१.६१७ को उत्परिवर्तन अझ सजिलै हुने प्रारम्भिक अध्ययनहरूबाट देखिएको र त्यसबारे थप अध्ययन आवश्यक रहेको मे ११ तारिखमा डब्ल्यूएचओले भनेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्