गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार

Machchapuchchre Bank

अर्थ राजनीति  ~ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल बिस्तार गरेका छन् । संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक साता पछि मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई पुनः नियुक्त गरेका छन् । मन्त्रिमा दीपक मनाङे सहित ५ जना मन्त्री थपिएका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई बनाएका छन् भने रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मन्त्री बनेका छन् । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिन बाँकी रहेको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार पथ तथा गोपनीयताको शपथ दिलाएकी छिन् । युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङेको शपथमा उपस्थित थिएन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्