मुख्य रोजगारदाता देशले हवाइ यात्रा रोके, ५० हजार नेपाली प्रभावित हुने

Machchapuchchre Bank

अर्थ राजनीति  ~  कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै मुख्य रोजगारदाता देशले नेपाललाई रेड जोनमा राख्न थालेका छन् । संक्रमण तीव्र रूपमा फैलन थालेपछि मलेसिया, यूएई, ओमान, कुवेत, बहराइन, जोर्डन र साउदी अरबले नेपाली कामदारलाई प्रवेशमा रोक लगाएका हुन् । अब अर्को सूचना जरी नभएसम्म ती देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने पाउने छैनन् । त्यस्तै जापान, बेलायत र थाइल्यान्डले पनि नेपालका हवाई यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपाली कामदार लिँदै आएका प्राय सबै देशले नेपालसँगको व्यवसायिक उडान तत्कालका लागि बन्द गरेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशबाट घर विदामा आएका नेपाली श्रमिक रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार मुख्य रोजगारदाता देशले हवाई यात्रामा प्रतिबन्ध लगाउदाँ घरमा विदामा आएका १० हजार कामदार फर्किन पाएका छैनन् । हवाइ यात्रामा प्रतिबन्ध लगाउँदा ५० हजारभन्दा धेरै नेपाली प्रभावित हुने मुख्य रोजगारदाता देशमा रहेका कुटनीतिक नियोगले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव स्वदेश फर्काउन पनि समस्या भइरहेको छ । त्यस्तै आममाफी पाएका, घरेलु महिला कामदार, बिरामी परेका कामदार, कैद भुक्तान गरेका, गर्भवती र सुत्केरीहरूलाई स्वदेश फर्कन समस्या भइरहेको दूतावासहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी गराउन थालेका छन् । सरकारले विदेशमा अलपत्र परेका कामदारका बारेमा सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुने समय लम्बिए उनीहरूलाई स्वदेश फर्काउने वातावरण बनाउन सम्बन्धित देशसँग आग्रह गरिने कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समिति (सीसीएमसी) का सचिवालय संयोजक खगराज बरालले जानकारी दिए । तत्काल चार्टर उडानमार्फत उद्धार गर्न विषयमा छलफल र योजना भने नभएको बरालले बताएका छन् । निषेधाज्ञाको समयमा टिकट लिएर रोकिएका नेपालीहरू फर्काउने विषयमा सम्बन्धित देशसँग कुटनीति नियोगले छलफल गर्ने बरालले जानकारी दिए । यात्रुलाइ प्रतिबन्ध लगाइएको देश जानुअघि १० देखि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ । त्यस्तै यूएई पुगेको ७ औँ र ९ औँ दिन पीसीआर परीक्षण गर्नुपर्ने छ । प्रतिबन्द लगाएको देश पुगेपछि पनि १० दिन होम आइसोलेसनमा बस्नुपर्ने स्वास्थ्य मापदण्ड तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्