अर्थ राजनीति ~ एमाले नेता माधकुमार नेपालले अध्यक्ष केपी ओली नसुध्रिएपछि राजीनामाको विकल्प नभएको बताएका छन्। नेता नेपालले आइतबार राजीनामा दिने तयारी रहेको बताए। ‘ओलीजीलाई सुधार्ने प्रयास असफल भयो। उहाँले लचकता नदेखाएपछि हामीसँग अन्य विकल्प भएन’, उनले भने। नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी नब्युँतिने भएपछि नेपाल समूहका २३ सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पक्षका प्रतिनिधिसभामा समानुपातिक सांसदले समेत राजीनामा दिने बताइएको छ। नेपाल पक्षमा कुल ३५ सांसद छन्। राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका सांसद विरोध खतिवडाले पनि रातभरमा कुनै चमत्कार नभए आईतबारबाट पूर्व सांसद हुने बताए।`रातभरमा कुनै चमत्कार भएन भने हामी भोलीबाट पूर्व सांसद हुनेछौँ। धेरै साथीहरूले हस्ताक्षर गरिसक्नु भयो,´ उनले भने।
यता अर्का सांसद झपट रावलले एमाले ईतिहासको गम्भीर मोडमा रहेको बताएका छन्।` २०७५ , २ जेठमा ओली फर्किए एकताको रक्षा हुन्छ´, उनको भनाई छ। नेता नेपालले आफ्नो बटमलाइन त्यही बनाएका थिए। एकताको मिलनविन्दु खोज्न भन्दै दोस्रो तहका नेता समेत सक्रिय थिए। ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र ईश्वर पोखरेल क्रियाशिल थिए । यता नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट सक्रिए थिए । उनीहरूबीच तीन चरण छलफल भएपनि कुनै सहमति हुन सकेन।
ओली नसुध्रिएपछि सांसदबाट राजीनामाको विकल्प भएन : माधव नेपाल
