अर्थ राजनीति ~ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले आइतबार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा ४० सांसदको हस्ताक्षर छ । यसअघि पनि कांग्रेससहितका चार दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए तर, विशेष अधिवेशन बोलाइएकै दिन वैशाख १९ गते बिहान राजीनामा दिएका थिए । राजीनामा दिएको केही घण्टामै पोखरेलले पुनः मुख्यमन्त्री पदमा शपथ लिएका थिए ।
मुख्यमन्त्री पोखरेल विरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता
