सरकार- तत्काल थप खोप आउने अवस्था छैन, पहल गरिरहेका छौं

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सरकारले कोरोना विरुद्धको थप खोप तत्काल आउने अवस्था नभएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नरहेको जानकारी दिएको हो। नेपालले खोप सुरु गरेको खोप अभियान थप विस्तृत बनाइ लान खोप खरिद गर्न औषधि व्यवस्था विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज चार डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्स्टिच्युट इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ। थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन,’ मन्त्रालयले भनेको छ।  अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। ‘नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाटसमेत प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्