२२ तोला अवैध सुनको सिक्री सहित एक भारतीय पक्राउ

Machchapuchchre Bank

अर्थ राजनीति   ~  काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना भारतीय पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध सुन फेला पारेको थियो। सुमोमा सवार सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्रीसहित फेला परेकोले  उनलाई पक्राउ गरेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्